धेरै दिन पछि अ....आ... केहि लेख्ने जागर लागेर अहिले लेख्न बसेको | अम् कुरा के भने अ~ म अहिले मेरो पाठशालामा नियमित सेमेस्टर सकाएर अम् ... मे टर्म भनेर अम् ... प्रत्येक दिन ३ घण्टा कक्षा कोठामा रहि ३ क्रेडिट आवर बराबरको ३ हप्ते कक्षा लिदैछु | अ... यसै क्रममा यो हप्ताभरि नै अम् ... प्रत्येक विध्यार्थीले कुनै एक यहूदी ऐतिहासिक व्यक्तिको बारेमा अम्... के भन्छ...अम्... ५-१० मिनेट लामो सोध-प्रस्तुती वा प्रेजन्टेसन गर्नुपर्ने | माने... यसरि वक्ताहरू यसरि प्रस्तुत भए अम्... अहिले मैले जस्तो पारामा लेखिरहेको छु, उनीहरूको तौर-तरिका यो भन्दा कुनै भिन्दै थिएन |
कसैले माथिको चार वाक्यांश पढ्दा जे महशुस गर्छन्, हो मलाई पनि खास त्येस्तै नै भयो | चार जना अम्रिकी विद्यार्थीले यसरि बोल्दै गर्दा जुरुक्क उठेर कक्षाकोठाबाट बाहिर कतै जाउँ जस्तो नलागेको पनि होइन | तर यसो गरि म मेरो प्राध्यापकलाई अपमान गरेको महसुस गराउन चाहन्नथ्यें | त्यसैले आफूसँग भएको नुक कलर नामक ईबुक रिडर निकालेर कक्षाको विषयवस्तु भन्दा नितान्त फरक आफ्नो रुचिको पुस्तक पढ्नु बाहेको मसँग अरु विकल्पै भएन | मैले यो प्रशंग किन उल्लेख गरेको भन्दा नि, हाम्रो नेपालको गाउँघरको सरकारी पाठशालामा हुने शुक्रबारे वक्तृत्व-कला प्रतियोगितामा भाग लिने हाम्रा साना-साना गाउले भाइबहिनीहरू बरु मेरा सहपाठीहरूभन्दा स्पष्ट वक्ताहरू हुन् भन्ने मलाई लाग्यो | हाम्रा मान्छेहरू पनि मौका पाए राम्रा गर्न सक्नेहरू रैछन् भन्ने लाग्यो मलाई |
No comments:
Post a Comment