Thursday, September 26, 2013

एउटा खुशीको कुरा

आज मेरो निम्ति एउटा खुशीको कुरा भएको छ।हामी जीवनमा ठुलै कुरा नभई खुशी हुन नै बिर्सिसकेका छौं। तीब्र रफ्तारमा अगाडि बढिरहेको हाम्रो आधुनिक समाजमा हामीले साना-साना कुराहरूमा गरेको प्रगति आज गौण लाग्छ। विशेष लक्ष्यबिनाको हाम्रो प्राप्तिले आज कुनै महत्व राख्न छोडिसकेको अवस्थामा आज एउटा सानो घटना म र मेरो परिवारको निम्ति अझ विशेष गरि मेरो छोराको निम्ति ठुलो कुरा भएको छ । कुरा के थियो भने मेरो कान्छा छोरा जन्मिदै लाक्टोजनयुक्त कुनै पनि दुग्ध पदार्थ मुखमै हाल्न नमिले अवस्थाको थियो। ऊ भर्खर ६ महिनाको मात्र हुँदा हामीलाई यस विषयमा पूर्व ज्ञान नभएकोले उसलाई फर्मुला दुध (बट्टाको दुध)ले धान्ने ज्यानै लिन आटेको थियो । उसलाई दुधको प्रशस्त हुँदाहुँदै मैले उसलाई एकदिन उसको आमाको दुध फ्रिजरबाट पगाल्न समय लागेकोले बट्टाको दुध दिएको थिएँ । धन्न, उसले एक घुट्कोमै खान मानेन । आकस्मिक कक्षमा उपचार गराउनु परेको थियो । आज दुई बर्ष पछि उसले आफै गाइको दुध खाने इक्छा गरेकोले मैले उसको दाइसंगै अलिकति दुध संगै चिरियोज दिएको थिएँ । उसले एक चम्चा मुखमा हाल्न लाग्दा म प्रार्थना गर्दै उसलाई हेर्दै थिएँ ।

बिगतमा उसले दुधको कुनै चिज छोएको खण्डमा वा उसको दाजुले टेबुलमा दुध पोखेको ठाउँमा उसले टेबुल सफा गरिसके पश्चात पनि छोइहालेको खण्डमा उसले त्यस हातले उसको मुखमा जहाँ-जहाँ छोयो, त्यता-त्यता रातो फोका आउँथ्यो । तर आज उसले दुध नै खाँदा पनि उ सामान्य नै थियो । यो मेरो निम्ति एउटा सुखद कुरा हो । बिगतमा उसले खाने इक्छा गरेर पनि कति कुराहरू उसको दाजुले खाएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता थियो । आज त्यो अवस्था भएन । उसले दुग्ध पदार्थ खानु सकेको मात्र यहाँ मुद्दा होइन तर आजीवन आफ्नो मनले चिताएको कुनै पनि दुग्ध आहार इक्छानुसार ग्रहण गर्न सक्ने हुनु र परिवार सँगै एक साथ सहभागी भै खान पाउनु मैले ठुलो कुरा मानेको छु ।       

No comments:

Post a Comment